प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीच बालुवाटारमा छलफल - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 22 December 2020

प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीच बालुवाटारमा छलफल


काठमाडाैँ, ७ पुस :
संसद विघटन प्रकरणपछि नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले अत्यन्तै गम्भीर मोड लिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलबीच सोमबार साँझ छलफल भएको छ । प्रधानमन्त्री र गृहमन्त्रीबीच करिब साढे २ घण्टा छलफल भएको गृहमन्त्री बादलको सचिवालयले पुष्टि गरेको छ । बादल ओलीलाई भेट्न साँझ ६ बजे पुगेका थिए भने राति साढे ८ बजेतिर फर्किनुभएकाे थियाे । 

नेकपा विभाजनकै निकट पुगेको बेला ओली र बादलबीच के छलफल भयो भन्नेबारे स्पष्ट नखुलेपनि उहाँलाई आफूतिर तान्न ओलीले प्रयास गरेको बुझिएको छ । पूर्वमाओवादी निकट बादल पछिल्लो समय ओलीनिकट भएको बताइँदै आएपनि साेमबार बिहान ओलीले निवर्तमान सांसदहरुको भेलामा सहभागी हुनुभएकाे थिएन । अर्का मन्त्री तथा नेकपा नेता लेखराज भट्ट भने ओलीले बोलाएको बैठकमा सहभागी हुनुभएकाे थियाे । भट्टपनि पूर्वमाओवादी खेमाबाट टाढिएर ओलीतिर लाग्नुभएकाे हाे । उसो त ओलीकाे कदमको विरोध गर्दै प्रचण्ड-माधव नेपाल समूहका ७ मन्त्रीले आइतबार राजीनामा दिँदा बादल र भट्टले भने दिनुभएकाे छैन ।

बादल अन्तिममा कसकाे समर्थनमा लाग्लान् भन्नेमा चासो बढ्दै गर्दा मोहन वैद्यबाट विद्रोह गरेर तत्कालीन माओवादीमा आउने उहाँ निकटका नेताहरुले प्रचण्ड समूहतिरै रहेका छन् । सो समूहका नेताहरुले बादललाई ओलीतिर नलाग्न दवाव दिँदै आएको बताइन्छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.