काठमाडाैँ, ७ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू कुनै व्यक्ति वा समूहको नभइ पार्टीको आधिकारिक प्रवक्ता भएको बताउनुभएकाे छ । ‘म कुनै व्यक्ति र कुनै समूहको प्रवक्ता होइन, म नेकपाको प्रवक्ता हुँ’, प्रचण्ड माधव नेपाल समूहको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुलाई श्रेष्ठले भन्नुभयाे, ‘मलाई पार्टीले अझ उत्साहपूर्वक आफ्नो कार्य गर्न निर्देशित गरेको छ ।’
आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केपी ओली समूहको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई हटाएर पार्टीको प्रवक्ता प्रदीप कुमार ज्ञवालीलाई बनाउने निर्णय गरेको थियो । सोही बैठकबारे जानकारी दिने क्रममा ज्ञवालीले पनि आफू पार्टीको आधिकारिक प्रवक्ता रहेको दावी गर्नुभएकाे थियाे ।
यद्यपी प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई नै पार्टी अध्यक्षबाट बखास्त गर्ने निर्णय गरेको छ ।
No comments:
Post a comment