तीन पूर्वप्रधानमन्त्रीसहित नेपाल-प्रचण्ड समूहको प्रदर्शन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 25 December 2020

तीन पूर्वप्रधानमन्त्रीसहित नेपाल-प्रचण्ड समूहको प्रदर्शन


काठमाडाैँ, १० पुस :
नेकपा प्रचण्ड-नेपाल समूहका मुख्य तीन शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल सडक आन्दोलनमा उत्रिनुभएको छ ।

पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार अरु नेताहरुसँगै उहाँहरु माइतीघर मण्डलाको प्रदर्शनमा सहभागी हुनुभएको हो ।

‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर सडकमा पलेँटी कसेर बसेको उहाँहरुको तस्बिरको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने पूर्वघोषित कार्यक्रमअनुसार नेताहरु माइतीघर मण्डलामा पुगेर प्रदर्शन थालेका हुन् ।

प्रदर्शनमा विघटित प्रतिनिधिसभाका प्रचण्ड-नेपाल समूहका अरु सदस्यहरुले ‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड बोकेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा आज सर्वोच्च अदालत र निर्वाचन आयोग जाने प्रचण्ड-नेपाल समूहको तयारी छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.