नेकपा प्रचण्ड नेपाल पक्षद्वारा २५ सय १ सदस्यीय आन्दोलन कमिटि गठन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 24 December 2020

नेकपा प्रचण्ड नेपाल पक्षद्वारा २५ सय १ सदस्यीय आन्दोलन कमिटि गठन


काठमाडौं, ९ पुस :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल पक्ष शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएको छ।

बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको प्रचण्ड–नेपाल समूहको बैठकले यस्तो निर्णय गरेको हो। यो समूहले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको हो ।

२५ सय १ जनाको आन्दोलन परिचालन समिति गठन गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा संसद विघटनविरुद्ध आन्दोलन गर्न समिति बनाइएको हो ।आन्दोलनको कमाण्डका लागि सानो आकारको सचिवालय बनाइने तयारी छ । 

संसद ज्युँदै छ भन्ने सन्देश दिन सर्वोच्च अदालत र निर्वाचन आयोग जान लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएकाे छ ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

प्रचण्ड माधव समूहले बिहीबार महासचिव पद भने टुंगो लगाउन सकेन । सुरेन्द्र पाण्डे र भीम रावलमध्ये कसलाई बनाउने भन्ने विषयमा छलफल भएता पनि निर्णय हुन सकेको छैन।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.