काठमाडौं, ७ पुस : प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको केन्द्रीय कमिटी विस्तार गर्नुभएको छ । नेकपाको आज बसेको बैठकमा वर्तमान ४४६ जना केन्द्रीय कमिटीमा ५५७ जना थप गरी एक हजार तीन सदस्यीय केन्द्रीय कमिटी विस्तार गर्नुभएको हो ।
आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले केन्द्रीय कमिटी विस्तार गर्नुभएको प्रधानमन्त्रीका प्रेसबिज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो । उहाँका अनुसार विस्तारित केन्द्रीय कमिटीमा सदस्यको संख्या एक हजार तीन पुगेको छ । आजै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीकाे बैठक बाेलाउनुभएकाे छ ।
No comments:
Post a comment