काठमाडौं, ७ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी केन्द्रीय समिति बिस्तार सम्बन्धी पत्र निर्वाचन आयोगमा दर्ता भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दर्ता गरिदिनु भन्ने तोक लगाएपछि दर्ता शाखामा पुगेको छ । प्रमुख आयुक्त थपलियाले भन्नुभयाे, ‘हो मैले दर्ता गरिदिनु भनी तोक लगाएँ, त्यो अब दर्तामा छ।’
पत्रमा केन्द्रीय समिति बिस्तार भएको उल्लेख छ र सँगै विस्तारित केन्द्रीय समितिमा रहेका सदस्यहरुको सूची पनि संलग्न छ । त्यो पत्रमा पार्टी अध्यक्ष ओलीको हस्ताक्षर छ । त्यसरी नै आयोजक समितिका सदस्यहरुको नामावली थपिने मौखिक जानकारी पनि गराएका छन् ।
मंगलबार बालुवाटारमा बसेको बैठकले ५५६ नयाँ सदस्य थप गरेको हाे । ओलीले साबिकको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय घोषणा गरेका थिए । जसमा १९७ जनापछि थप गर्ने बताइएको छ ।
हिजो प्रधानमन्त्री तथा पार्टी अध्यक्षमाथि कारबाही गर्ने सम्बन्धी अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल समूहको सूचना दर्ता भएको थियो ।
No comments:
Post a comment