ओलीलाई कारबाही गर्ने स्थायी कमिटीको निर्णय, कृष्णबहादुर महरा सदस्यमा नियुक्त - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 December 2020

ओलीलाई कारबाही गर्ने स्थायी कमिटीको निर्णय, कृष्णबहादुर महरा सदस्यमा नियुक्त


काठमाडाैँ, ५ पुस :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको बैठकले ओलीले लोकतन्त्रविरोधी र निरङ्कुश कदम चालेकाले उहाँलाई कारबाही गर्ने निर्णय गरेको कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।

ओलीलाई कारबाही गर्ने निर्णय ७ गते बस्ने केन्द्रीय समितिको बैठकमा पेस गरिने पनि उहाँले जानकारी दिनुभयो । १० गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक ७ गतेलाई बोलाइएको छ । 

यस्तै पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीको सदस्यमा नियुक्त गर्ने पनि बैठकले निर्णय गरेको छ । 

पछिल्लो घटनाक्रमका बारेमा छलफल गर्न ६ गते सोमबार संसदीय दल र स्थायी कमिटीको बैठक बोलाइएको पनि नेतृ शाक्यले जानकारी दिनुभयो । 

स्थायी कमिटीकाे आजकाे बैठकमा ओली पक्षका कुनै पनि नेताकाे सहभागिता थिएन ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.