ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल बैठकको निर्णय - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 22 December 2020

ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल बैठकको निर्णय


काठमाडाैँ, ७ पुस :
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनाउने निर्णय गरेको छ ।

काठमाडाैँकाे बबरमहलमा बसेको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले ओलीले पार्टी आचरण र संविधान विपरित काम गरेकाले अध्यक्षबाट हटाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले उज्यालोलाई जानकारी दिएका छन् । बैठकले ओलीको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ । पार्टीमा दुई जना अध्यक्ष रहने नेकपाको विधानअनुसार नेपाललाई अध्यक्ष बनाइएको एक केन्द्रीय सदस्यले बताएका छन् ।

बिहान बसेको प्रचण्ड–नेपाल पक्षीय स्थायी कमिटीको बैठकले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । यो निर्णयलाई केन्द्रीय कमिटीले पारित गरेको छ । केन्द्रीय कमिटीका चार सय ४७ सदस्यमध्ये तीन सय १० जनाले प्रचण्ड–नेपाल समूहको बैठकमा हस्ताक्षर गरेका छन् । आफूहरुको समूहमा दुई तिहाइ केन्द्रीय सदस्य रहेकाले ओलीले गरेका कुनै पनि निर्णयको वैधता नरहेको प्रचण्ड–नेपाल पक्षको दाबी छ ।

तर बिहान बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटीको बैठकले ११ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ । यसको पत्र ओली पक्षले निर्वाचन आयोगलाई पनि पठाइसकेको छ ।

पार्टीका अध्यक्ष, महासचिव र माइन्युट आफूहरुसँगै रहेकाले प्रचण्ड–नेपाल समूहका कुनै पनि निर्णय नेकपाले नचिन्ने ओली पक्षका नेता प्रदीप ज्ञवालीले बताइ सक्नुभएको छ ।

बिहान भएको आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिले संसद् मात्रै विघटन भएको तर नेकपा विघटन नभएको र आफूले गरेको निर्णय नै मान्य हुने जिकिर गर्नुभएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.