नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड समूहको प्रस्ताव, केन्द्रीय समिति बैठक सुरु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 22 December 2020

नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड समूहको प्रस्ताव, केन्द्रीय समिति बैठक सुरु


काठमाडौं, ७ पुस :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु भएको छ । संसद् विघटन गरेका प्रधामन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्न माइतीघरस्थित कार्की ब्यांकेटमा बैठक बसेको हो । बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय लिने बताइएको छ । 

केही समयअघि प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । प्रचण्ड र नेपालले पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको छ ।

मंगलबार बिहान ओली समूहको बालुवाटारमा बैठक बसेको थियो । बालुवाटारमा बसेको बैठकले ५५६ नयाँ सदस्य थप गरेर महाधिवेशन आयोजक समिति घोषणा गरेको हो । ओलीले साबिकको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय घोषणा गरेका हुन् । जसमा १९७ जनापछि थप गर्ने बताइएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.