काठमाडौं, ५ पुस : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मिनेन्द्र रिजालले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताउनुभएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । नेता रिजालले भने बहुमतबाट अर्को प्रधानमन्त्री चुनिने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘यो संविधान विपरित कदम हो । प्रधानमन्त्रीले बहुमत गुमाएपछि सत्तावादी राजनीतिका लगि संविधान मिच्न थाल्नु भएको छ ।’
No comments:
Post a comment