गजल
दिए दुईतिहाई ,जनता मुर्ख जानाजान भयो यहाँ।
जनताको काम त्यहि हो भोट दिदै लड्न पठाउने
स्वार्थले सरकार ढलाए कुरा कानाकान भयो यहाँ।
गफको धज्जी उडाएर जनता ढाट्ने यि छलहरु र
भातिभातिका दल यो देशमा हानाहान भयो यहाँ।
महामुर्ख त हामी जनता हौ सधै दास हुदै यिन्को
लोकतन्त्र भने मारे कति हेर उन्कै सान भयो यहाँ।
खर्च गरे लेखे खै के काम लाग्यो विधानको शास्त्र
चल्नैपर्छ पाँचबर्ष लेखिएको न संविधान भयो यहाँ।
कमला गौतम
काठमाडौँ।।
No comments:
Post a comment