जो बाइडेनलाई विपक्षीको पनि बधाई - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 17 December 2020

जो बाइडेनलाई विपक्षीको पनि बधाई


न्यूयोर्क, २ पुस :
अमेरिकामा नवनिर्वाचित राष्ट्रपतिमा जो बाइडेनको विजयलाई स्वीकार गर्दै विपक्षी दल रिपव्लिकन दलका नेताहरुले पनि बधाई दिएका छन् ।

अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा रिपब्लिकन नेताहरुले राष्ट्रपति बाइडेनलाई बधाई दिएका हुन् । यस अघी वर्तमान राष्ट्पति डोनाल्ड ट्रम्प सहित उहाँको दल रिपब्लिकनका नेताहरुले निर्वाचनमा धाँधली भएको भन्दै बाइडेनको विजयलाई अस्वीकार गर्दै आएका थिए ।

माथिल्लो सदन सिनेटका मेजोरिटी लिडर रिपब्लिकन सिनेटर मिच म्याकोनलले पहिलोपटक जो बाइडेनलाई निर्वाचित राष्ट्रपति भनेर सम्बोधन गर्नुभएको छ । रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटका नेताले राष्ट्रपति निर्वाचनको परिणाम स्वीकार गरेलगत्तै बाइडेन सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत जुटाउने अभियानमा लाग्नु भएको हो ।

सिनेटको दुई सदस्यका लागि जर्जिया राज्यमा आगामी जनवरी ५ मा चुनाव हुँदैछ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.