साहित्यकार बस्नेतकाे नयाँ गीत "जित्छाैँ महामारी" सार्वजनिक - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 18 December 2020

साहित्यकार बस्नेतकाे नयाँ गीत "जित्छाैँ महामारी" सार्वजनिक


काठमाडाैँ, ३ पुस :
साहित्यकार सुनिता बस्नेतकाे "जित्छाैँ महामारी" बाेलकाे नयाँ गीत सार्वजनिक भएकाे छ । ओएसआर डिजिटल नामक युटुव च्यानलमार्फत सार्वजनिक भएको यस गीतमा आनन्द कार्की र मीना कार्कीले स्वर  दिनुभएकाे छ ।

यस गीतले महामारीकाे समय स्वास्थ्यकर्मीमा उत्पन्न हुने भावनालाई सम्बोधन गरेको छ । यस गीतमा महामारीको सामना गर्दा डाक्टर, नर्स र स्वास्थ्यकर्मीले भोग्नु परेको पीडा र मनका आशालाई प्रष्ट्याउन खोजिएको छ । 

राजकुमार बगरको संगीत रहको यस गीतमा संगीत संयोजन कमल सौरागले गर्नुभएको छ ।

यस गीतको भिडियोमा डाक्टर भोला रिजाल, कृष्ण मल्ल, शर्मीला मल्ल, नारायण त्रिपाठी, नरेश भट्टराइ, सुगारिका केसी लगायतको अभिनय रहेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.