संसद्लाई पूर्नजीवित गर्न आवश्यक कदम चाल्छौं : झलनाथ खनाल - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 21 December 2020

संसद्लाई पूर्नजीवित गर्न आवश्यक कदम चाल्छौं : झलनाथ खनाल


काठमाडौँ, ६ पुस :
सत्तारुढ दल नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने अप्रत्यासित निर्णयविरुध्द कानुनी उपचार खोज्दै राजनीतिक अभियान समेत चलाउने बताउनुभएकाे छ । नेकपाको संसदीय दल ( आफ्नो पक्षधर) को बैठक लगत्तै पत्रकारहरूसँग कुरा गर्दै खनालले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर संविधानमाथि ‘कू’ गरेको बताउनुभयाे ।

‘अत्यन्तै अनौठो परिस्थितिमा यो बैठक बस्यो । हाम्रो संसद्, तीनवर्ष अगाडि भएको निर्वाचनबाट गठित हो । संविधान अनुसार कार्यपालिका वा प्रधानमन्त्रीले हाम्रो संसद् विघटन गर्न मिल्दैन,’ उहाँले भन्नुभयाे, ‘तर, प्रधानमन्त्रीले नदिएको अधिकार र अख्तियारीको दुरुपयोग गर्दै संसद् विघटनको सिफारिस गर्नुभयो र विघटन भयो । यो संविधानको मर्म र भावना विपरित छ ।’

उहाँले प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई संसद विघटनको अधिकार नभएको बताउँदै यसविरुध्द संवैधानिक अभियान पनि चलाउने बताउनुभयाे । ‘यो लोकतन्त्र र जनादेश विरोधी हो । त्यसकारण हामीले त्यसको विरोध गरेका छौं,’ उहाँले भन्नुभयाे, ‘पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको नीति विरुध्द कदम चाल्ने अध्यक्षलाई आवश्यक कारबाही गर्नेछ । हामी अन्य दलहरूसँग आवश्यक छलफल गर्दै संसद्लाई कसरी पूर्नजीवित गर्ने भन्‍नेमा आवश्यक कदम चाल्नेछौं । संसद्लाई पूर्नजीवित गर्ने हाम्रो ध्येयः हो ।’

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.