काठमाडाैँ, ९ पुस : जनता समाजवादी पार्टीका नेताहरुले सभामुख अग्निप्रसाद सापकोटासँग संसदको वैठक बोलाउन आग्रह गर्नुभएकाे छ ।
आज बिहीबार सिंहदरवारमा भेटि उहाँहरुले प्रधामन्त्रीलाई संसद विघटन गर्ने अधिकार संसदले नदिएको भन्दै संसदको वैठक सभामुखले बोलाउनु पर्ने भनाई राख्नुभएकाे थियाे ।
जसपाका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्णले सभामुख सापकोटालाई भेटि सभामुखको हैसियतले संसदको वैठक तत्काल आह्वान गर्न आग्रह गर्नुभएकाे हाे ।
No comments:
Post a comment