काठमाडाैँ, ७ पुस : दुवैतिरका बैठकमा सहभागी नहुनुभएका नेकपा नेता हरिबोल गजुरेलले पार्टी विभाजन भएको बताउनुभएकाे छ । नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफ्नो पार्टी फुटेपछि आफूले प्रचण्ड-नेपाल समूहको बैठकमा सहभागी भएको बताउनुभयाे । यसअघि उहाँ दुवै समूहले सोमवार आयोजना गरेको बैठकमा जानुभएकाे थिएन ।
उहाँले भन्नुभयाे, “एकताको यत्रो प्रयास गरियो, प्रयास सफल हुन सकेन, हामी चिन्तित छौँ,साङ्केतिक रूपमा नगएको हो, त्यो भनेको पार्टी फुटको विरोध गरेको हो।”
तर दुवै पक्षले केन्द्रीय कमिटीको बैठक अलग-अलग आयोजना गरेपछि पार्टी औपचारिक रूपमा फुटेको उहाँको भनाइ छ। गजुरेल भन्नुहुन्छ, “दुईवटा बैठक आयोजना गरिएपछि त पार्टी फुट्यो, फुटिसकेपछि के गर्ने?”
यसअघि उहाँ केपी शर्मा ओलीतर्फ लागेको भन्ने समाचारहरू आएका थिए। दुवैतर्फबाट त्यस्तो प्रचारबाजी भएको र त्यसैकारण जनतामा भ्रम पैदा भएको उहाँको भनाइ छ।
गजुरेलले भन्नुभयाे, “खुमलटारकाले हरिबोल मन्त्रीका लागि ओलीतिर गयो भनेर प्रचार गरे, वालुवाटारकाले हरिबोलजी आउनु भयो भनेर प्रचार गरे, म कतै गएको पनि थिइनँ,आएको पनि थिइनँ। म त एकताको प्रयासमा थिएँ।”
No comments:
Post a comment