विद्यादेवी भण्डारी राष्ट्रपति होइन, ओली ग्याङ्गको सदस्य मात्र : गगन थापा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 December 2020

विद्यादेवी भण्डारी राष्ट्रपति होइन, ओली ग्याङ्गको सदस्य मात्र : गगन थापा


काठमाडौं, ५ पुस :
प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सनकको शिकार संसद भएको बताउनुभएकाे छ । राष्ट्रपति पनि प्रधानमन्त्रीको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको उहाँको आरोप छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेको विरोधमा आइतबार साँझ नयाँ बानेश्वरमा आयोजित सभामा थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को झगडा र प्रधानमन्त्रीको अहंकारको शिकार संसद भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हाम्रो दुर्भाग्य, नेपालले एउटा अयोग्य र असक्षम व्यक्तिलाई प्रधानमन्त्री आयो, जसको अहंकारको शिकार संसद र संविधान बनेको छ ।’

प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने व्यवस्था अहिलेको संविधानमा नभएको उहाँले बताउनुभयाे । केहीले २०४७ को संविधानको आधारमा कांग्रेसले २०४८ मा मध्यावधी निर्वाचन गरेको तर्क गरेको भन्दै सांसद थापाले भन्नुभयाे, ‘यसैगरी संसद विघटन गर्ने अवस्था नआओस्, यस्तो सन्काह बहुलठ्ठी प्रधानमन्त्रीले कुनै दिन संसद विघटन गर्ला भनेर जोगाउने धारा लेखेका छौं ।’

संसदले प्रधानमन्त्री छान्न सकेन वा भएको प्रधानमन्त्रीले विश्वासको मत गुमाए मात्र संसद विघटनको अवस्था आउन सक्ने उहाँले बताउनुभयाे । यति स्पष्टसँग लेख्दालेख्दा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको सिफारिस राष्ट्रपतिले सदर गरेको भन्दै उहाँले भन्नुभयाे, ‘राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि तपाई र मेरो राष्ट्रपति होइन, केपी शर्मा ओली ग्याङका एक सदस्य मात्र हुन् ।’

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.