ओलीकाे कदम गलत, गणतन्त्रका मूल्य–मान्यता समाप्त पार्नेछ : वामदेव गाैतम - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 December 2020

ओलीकाे कदम गलत, गणतन्त्रका मूल्य–मान्यता समाप्त पार्नेछ : वामदेव गाैतम


काठमाडाैँ, ५ पुस :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गाैतमले संसद् विघटन प्रस्ताव स्वीकृत भएकाेप्रति आपत्ति जनाउनुभएकाे छ ।

उहाँले विज्ञप्ति नै निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीले चालेकाे कदमले सङ्घीय लाेकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त पार्ने बताउनुभएकाे छ । 

नेता नेपालले विज्ञप्तिमा भन्नुभएकाे छ, 'प्रधानमन्त्रीले नेपालकाे संविधानकाे मर्म र भावना विपरीत प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैरसंवैधानिक कदम गलत र भर्त्सनायाेग्य छ ।'

नेता गाैतमले नागरिककाे बहुमतकाे कदरकाे नभएकाे पनि बताउनुभएकाे छ ।


No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.