काठमाडौं, ९ पुस : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकमा भाग लिन गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ बालुवाटार पुग्नुभएको छ । दिउँसो १ बजेकालागि बोलाइएको केन्द्रीय कमिटी बैठक ढिलो गरी भर्खर बालुवाटारमा शुरुभएको छ ।
केन्द्रीय सदस्य दिपक देवकोटाकाअनुसार बैठकको कार्यसूची तयारी र अन्य गृहकार्यका कारण बैठक निर्धारित समयभन्दा ढिला हुन पुगेको छ । बैठकमा नेता बादल सहभागी रहनुभएको नेता देवकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार आज नेता बादलले आफ्नो औपचारिक धारणा बैठकमा सार्वजनिक गर्नुहुनेछ ।
आजको बैठकमा थप भएका नयाँ केन्द्रीय सदस्यहरुको शपथ ग्रहण र जिम्मेवारी तोक्ने कार्यसुची रहेको केन्द्रीय सदस्य देवकोटाले जानकारी दिनुभयो ।
उता प्रचण्ड–नेपाल समूहको भेला पनि ववरमहलस्थित कार्की बैङ्क्वीटमा शुरुभएको छ । यसअघिसम्म उपाध्यक्ष बामदेव गौतम र नेता बादल तटस्थ हुनुहुन्थ्यो । अब बादल ओली समूहमा प्रवेश गर्नुभएपछि आज साँझसम्म नेता गौतमको पनि औपचारिक धारणा सार्वजनिक हुनसक्ने भनाई गौतम सचिवालयका सदस्यहरुको छ ।
No comments:
Post a comment