काठमाडाैं, ५ पुस : प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आइतबार साँझ केही संवैधानिक तथा कानुन विज्ञहरुसँग परामर्श गर्नुभएको छ ।
सिंहदरवारमा करिब डेढ घण्टा लामो छलफल गर्नुभएको सभामुखले संवैधानिक विषयमा परामर्श गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुखले केही विज्ञहरुलाई सिंहदरवारमा बोलाएर छलफल तथा परामर्श गर्नु भए पनि बैठक आन्तरिक भएकाले थप विषय प्रष्ट पार्न नसकिने बताउनुभयो ।
सरकारले चालेको पछिल्लो कदम र समाधानको उपायबारेमा सभामुख सापकोटाले कानुनका विज्ञहरुसँग छलफल गर्नुभएको हो ।
No comments:
Post a comment