संसद अधिवेशन आह्‌वान गर्ने तयारी अन्तिम चरणमाः सभामुख - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 19 December 2020

संसद अधिवेशन आह्‌वान गर्ने तयारी अन्तिम चरणमाः सभामुख


सिन्धुपाल्चोक, ४ पुस :
सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको अधिवेशन आह्‌वान गर्ने सम्बन्धमा छलफल भइरहेको बताउनुभएको छ ।

सिन्धुपाल्चोकको ल्हार्चामा आयोजित कार्यक्रममा जनताका समस्या सरकारलाई सुनाउने थलो संसद रहेका कारण पनि हिउँदे अधिवेशनको बैठक बोलाउने सम्बन्धमा विभिन्न विकल्पहरुका बारेमा छलफल भइरहेको सभामुख सापकोटाले जानकारी गराउनुभयो ।

कार्यक्रममा सहभागी सापकोटाले स्थानीय तहहरुलाई विपत् पूर्वतयारीका लागि विभिन्न सामग्री हस्तान्तरण गर्नुभयो । उहाँले सिन्धुपाल्चोकका भोटेकोशी, बाह्रबिसे, जुगल र चौतारा लगायतका स्थानीय तहहरुलाई २ करोड रुपैयाँ भन्दा बढी मुल्यका टेन्ट, कम्बल लगायतका सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.