गैंडाकोटमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 23 December 2020

गैंडाकोटमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु


गैंडाकोट, ८  पुस :
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं ३ मा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।बुलिगंटार गाउँपालिका वडा नं १ थामबेसी बाट गैंडाकोट तर्फ आउँदै गरेको ना३ख ५३३९ को टक गैंडाकोट नगरपालिका ३ भोक्रोफाँट को सेतीभीरबाट एक सय मीटर तल खसेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले बताउनुभयो ।

गैँडाकोट नगरपालिका वडा नं. ३ कालिगण्डकी करिडोरको काममा प्रयोग भएको सो ट्रक बिहान ७ बजे भीरबाट खस्दा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको खाँडले बताउनुभयो । मृतकहरुको हाल सम्म परिचय खुल्न सकेको छैन ।

घटनास्थल पुुगेका प्रहरी निरिक्षक चन्द्र बहादुर थापाले मृतकको शव अहिलेपनि भिरमै रहेको जानकारी दिनुभयो । लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो ।घटनास्थल गैंडाकोटबाट २६ किलोमिटर उत्तरमा पर्दछ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.