पर्यटकीय गन्तव्यमा देशदर्शनका १६ नयाँ बस - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 7 November 2020

पर्यटकीय गन्तव्यमा देशदर्शनका १६ नयाँ बस


काठमाडौं, २२ कात्तिक :
कोरोना महामारीकै बीचमा पर्यटकीय गन्तव्य लक्षित १६ वटा नयाँ बस सञ्चालनमा ल्याइएका छन् ।

१२ करोड रुपैयाँको लगानीमा देशदर्शन बस सेवा कम्पनीले काठमाडौंबाट विभिन्न स्थानका लागि पर्यटकीय बसहरु सञ्चालन गरेको हो । ती बस दिउँसो र राति दुवै समयमा सञ्चालन गरिने कम्पनीका सञ्चालकको भनाइ छ । अहिले काठमाडौंबाट झणडै १ सय वटा पर्यटकीय बसले पर्यटनस्थलहरुतर्फ यात्रीसेवा उपलब्ध गराउँदै आएका छन् ।

कोरोना संक्रमणअघि यस्ता बसले दैनिक दैनिक ३ हजारदेखि ४ हजारसम्म स्वदेशी र विदेशी पर्यटकलाई यात्रा गराउँदै आएका थिए । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा बस सञ्चालनमा बेलाबेला समस्या हुने यरेको पर्यटक बस व्यवसायीको गुनासो छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.