कोरोना संक्रमितलाई निःशुल्क उपचारकाे बाटाे खुला - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 5 November 2020

कोरोना संक्रमितलाई निःशुल्क उपचारकाे बाटाे खुला


काठमाडाैँ, २० कात्तिक :
सर्वोच्च अदालतले निःशुल्क काेराेना परीक्षण र उपचार गर्न दिएकाे आदेश उपर स्वास्थ्य मन्त्रालयले दिएको पुनरावलोकन निवेदन हेर्न अस्वीकार गरेको छ ।

मन्त्रालयका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले हालेको पुनरावलोकन निवेदनमा बिहीबार सर्वाेच्चले निस्सा नदिने निर्णय गरेकाे हो । 

न्यायाधीश सपना प्रधान मल्ल, हरिकृष्ण कार्की र पुरुषोत्तम भन्डारीको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो ।

यसअघि ‘निःशूल्क कोरोना परीक्षण र उपचार गर्नू’ भनी सर्वोच्चले दिएको आदेशमाथि स्वास्थ्य मन्त्रालयले पुनरावलोकन निवेदन दिएको थियो । 

अब सरकारले कोरोना परीक्षण र उपचारका लागि शुल्क लिन पाउने छैन ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.