कोदो खेती प्रवर्द्धन गर्न लगानी बढाउँदै पाल्पाका स्थानीय तह - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 25 November 2020

कोदो खेती प्रवर्द्धन गर्न लगानी बढाउँदै पाल्पाका स्थानीय तह


पाल्पा, १० मङ्सिर :
पहाडी जिल्लाहरुमा पछिल्लो समय कोदोको माग बढेपनि माग अनुसारको पूर्ति हुनसकेको छैन ।

एक दशक अघिसम्म मुख्य खाद्यान्न बालीका रुपमा स्थापित कोदो खेती पछिल्लो समय लोप हुँदै गएपछि यसको उत्पादनमा वृद्धि गर्न पाल्पाका स्थानीय तहले किसानलाई सहयोग गर्न थालेका छन ।

स्थानीय सरकारको सहयोगपछि किसान पुनः कोदो खेतीतर्फ आकर्षित भएका छन।

केहि वर्षअघि मुख्य खाद्यान्न बालीका रुपमा स्थापित कोदो खेती अहिले लोप हुने अवस्थामा पुगेको थियो ।

व्यावसायिक रुपमा खेती गर्ने किसानको सख्यामा कमी आएपछि बजार माग अनुसार कोदोको उत्पादन हुन सकेको छैन ।

मानव स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोको उत्पादन वृद्धि गर्न पछिल्लो समय पाल्पाका स्थानीय तहले किसानलाई अनुदानको व्यवस्था गरेका हुन ।

कोदो रोटी र ढिँडोका लागिमात्र उत्तम ठानिने भएपनि अहिले यसको प्रयोग शरिरलाई पोषिलो र स्वस्थ खानाको रुपमा हुन थालेको छ । विगतमा ग्रामीण भेगमा मात्र खपत हुने कोदोको माग अहिले शहरका ठूला होटल हुँदै विदेशतर्फ पनि बढेको छ ।

कोदोको माग बढेसँगै किसानहरु पनि पुनः यस्को खेती गर्नका लागि आकर्षित भएका छन् ।

खेती गर्ने किसानको अभावले लोप हुने अवस्थामा पुगेको कोदोको महत्व बुझेर व्यावसायिक रूपमा खेती गर्न सके स्वदेशमा मात्र नभएर बाह्य मुलुकमा समेत कोदो निर्यात गर्न सकिने विज्ञहरुको भनाइ छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.