घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 6 November 2020

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ


वाग्मती , २१ कात्तिक :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले रु १० लाख घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका इञ्जिनीयर ईश्वरीप्रसाद जैसवाललाई थलोमै पक्राउ गरेको छ ।हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौँ तहका इञ्जिनीयर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले विहीबार पक्राउ गरेको जनाइएको छ । 

प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरेको हो । ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इञ्जिनीयर जैसवालले रु १० लाख मागेका थिए । उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.