बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै बर्दिबासमा स्थानीयको बिरोध - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 24 November 2020

बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै बर्दिबासमा स्थानीयको बिरोध


महोत्तरी, ९ मङ्सिर :
महोत्तरीको बर्दिवासमा ६ बर्षीया बालिकाको हत्याको छानविनको माग गर्दै स्थानीयले प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेकोछ ।

आइतबार साँझदेखि हराइरहेकी छ वर्षीया छोरी गुलाव साह खातुनको हत्या भएको भन्दै आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरेपछि तनाव बढेको हो ।

बालिकाको शव प्रहरीले गएराति फेला पारेको थियो ।

शव परिक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ ।

पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेको प्रहरी नायव उपरिक्षक राजन चापागाइँले जानकारी दिनुभएको छ ।

स्थानीयवासीले बालिकालाई बलात्कार गरेर हत्या गरेको भन्दै छानविन र दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

प्रदर्शनका क्रममा पक्राउ परेका साहको बर्दिबासमा रहेको घरमा आगजनी समेत भएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.