सार्कका महासचिव विराकुनले लुम्बिनीमा एक रुपैयाँ दान दिने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 13 November 2020

सार्कका महासचिव विराकुनले लुम्बिनीमा एक रुपैयाँ दान दिने


काठमाडौं, २८ कात्तिक :
बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधिन ‘सेन्चुरी फर युनिभर्सल पिस’ नामक गुम्बा निमार्णको लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसाला रुवान विराकुनले एक रुपैयाँ दान दिनुहुने भएको छ ।

गुम्बा निर्माणका लागि शनिबार लुम्बनीमा पुगेर महासचिव विराकुनले एक रुपैयाँ दान दिनुहुने भएको हो । विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने स्थलको रुपमा दुई वर्ष अघिबाट गुम्बाको निर्माण भइरहेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कारण केही समय रोकिएको केन्द्रको काम पुनः सुरु भएको छ ।

लुम्बिनीमा शनिबार हुने हुने सार्वभौमिक शान्तिका लागि ‘एक रुपैयाँ’ दिन अभियान कार्यक्रममा सार्कका महासचिव विराकुन र श्रीलंकाका मेडम कृशन्ती सहभागी हुनुहुनेछ ।

धर्म गुरु श्याल्पा तेञ्जिन रिन्पोछेको परिकल्पनामा निर्माण सुरु भएको गुम्बा निर्माणको लागि महासिद्ध अभयारण्य विश्वव्यापी सौहार्द र शान्तिको बीउ छर्ने काम एएक रुपैयाँ अभियान सुरु गरेको बताउनुभयो । बुद्धको शिक्षा अनुसार यही मनोवृत्तिले शान्ति, सद्भाव र सहिष्णुता बढाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

धर्म गुरु रेन्पोछेले युनिर्भर्सल पिस सेन्टर निर्माण गर्नको लागि ‘एक व्यक्ति एक रुपैयाँ’को अभियान अगाडि सार्नुभएको छ । विश्वभर शान्तिको सन्देश थप फैलाउने उदेश्यको साथ निर्माण भइरहेको सेन्टरको लागि रिन्पोछेले थाइल्यान्ड, हङकङ, मलेसिया, चीन, भियतनाम, इन्डोनेसिया, सिंगापुर, भारत, बेलायत, अमेरिकाजस्ता देशहरुसँग सहयोगको आग्रह गर्नुभएको छ ।

स्यान्क्चुरीको बाहिरी संरचनाले फक्रदै गरेको कमलको फूललाई प्रतिनिधित्व गर्नेछ । त्यसैगरी स्यान्क्युरीको हल वा कक्षको मुख्य आकर्षणको केन्द्र सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मदै गर्नुभएको भगवान बुद्धको एउटा विशाल, सुन्दर र सबैको मुन छुने मुर्ति राखिने गरी डिजाइन गरिएको छ ।

यस केन्द्रमा एक हजार पाँच सय सिट क्षमता भएको एउटा अन्तर्राष्ट्रियस्तरको कन्फरेन्स हल (सभाकक्ष)को निर्माण गरिनेछ । यस कन्द्रभित्र सामूहिक रुपमा गरिने ध्यान, योग अभ्यास, प्रशिक्षण र अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सकिने गरी डिजाइन गरिएको छ ।

साथै विशेष ठूला ध्यान कक्षहरुको समेत व्यवस्था गरिएको हुनेछ । अत्याधुनिक प्रविधि र सामाग्रीहरु प्रयोग गरी निर्माण गरिने यस केन्द्रको आयु पाँच सय वर्षको हुनेछ भने आठ रेक्टर स्केलसम्मको भूकम्पले यसलाई कुनै क्षति गर्न नसक्ने गरी डिजाइन गरिएको छ ।

द युनिर्भसल पिस इन्स्टिच्युटमा एउटा खोज अनुसन्धान केन्द्र पनि रहेनछ । अनुसन्धान केन्द्रका लागि काम गर्नेमा विभिन्न शोधकर्ताह हुनेछन । जसले प्राचीन र आनुधिक भाषामा लेखिएका बौद्ध धर्म सम्बन्धी पुस्तकहरुको संकलन, चर्चा, व्याख्या गर्नेछन ।

लुम्बिनीमा निर्माण गरिएको कोरियन गुम्बाको पछाडि यो गुम्बा निर्माण भइरहेको छ । लुम्बिनीमा हालसम्म विभिन्न बौद्ध सम्प्रदाय र २३ राष्ट्रले गुम्बा निर्माण गरेका छन् । पृथक शैलीमा बन्न लागेको गुम्बाको डिजाइन चीन, मलेसिया, हङकङका आर्किटेक्चरले गरेका हुन् । इन्जिनियरिङ दृष्टिकोणले यो विश्वकै अत्याधुनिक सुविधा भएको गुम्बा हुने श्याल्पा रिन्पोछेले बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.