कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 9 November 2020

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित


काठमाडाैँ, २४ कात्तिक :
सोमबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितको बैठक पुनः स्थगित भएको छ । पार्टीभित्रको विवादको समाधान र कोरोना संक्रमणका कारण केन्द्रीय कार्यसमितिको बैठक २७ कात्तिकमा बस्ने गरी स्थगित भएको हो । 

आइतबारको छलफलपछि कांग्रेसको विवाद पनि साम्य हुने देखिएको छ । नेताहरूबीच विभाग गठन, भ्रातृ संस्था तथा जनसम्पर्क समितिहरूबाहेकका अधिकतम मुद्दाहरूमा सहमति जुटेको छ । 

विवादकै विषयमा सहमति खोज्नुपर्ने आवश्यकता रहेको भन्दै यसअघि गत शुक्रबारका लागि बोलाइएको बैठक केन्द्रीय समिति बैठक सोमबारका लागि स्थगित भएको थियो । 

सभापति शेरबहादुर देउवाले विधान मिचेर विभाग र जनसम्पर्क समिति गठन, क्रियाशील सदस्यता वितरण, पार्टी समायोजनलगायत गतिविधि गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १२ असोजमा केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । त्यसयता एक महिनादेखि कांग्रेस त्यही विवादमा अल्झिएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.