विस्थापित हुँदै राजमार्ग आसपासका साना व्यापारी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 9 November 2020

विस्थापित हुँदै राजमार्ग आसपासका साना व्यापारी


धादिङ, २४ कात्तिक :
कोरोना महामारीका कारण राजमार्ग आसपासमा बसेर कृषि उपज विक्रि गरी दैनिकी चलाउने मानिसहरुको ब्यापार अहिले संकटमा परेको छ ।

खासगरी, पृथ्वी राजमार्गको छेउछाउमा बसी मौसम अनुसारको फलफुल र तरकारी विक्रि गर्ने सडक ब्यापारीहरुको ब्यापार अहिले ठप्प जस्तै भएको हो ।

कोरोना महामारीका कारण लामो समयपछि सार्वजनिक यातयातका साधनहरु सुचारु भएपनि राजमार्ग छेउ
छाउमा केरा बेच्ने,पोलेको मकै विक्रि गर्नेहरु र तरकारीको ब्यापार गर्नेहरुको पेशा भने आजकाल संकटमा परेको छ ।

पृथ्वी राजमार्ग भएर आवत जावत गर्ने मानिसहरुले स्वास्थ्य सुरक्षाका कारण जहाँ पायो त्यहीँ सवारी रोक्न छाडेपछि सडक व्यापारीहरुलाई थप समस्या परेको हो ।

केरा विक्रि गरी आफ्नो दैनिकी चलाउदै आएका साना सडक व्यापारीहरु पहिले पहिलेको तुलनामा कोरोनाका कारण ८० प्रतिशत ब्यपार घटेको बताउँछन।

दैनिक ७-८ हजारसम्म केरा विक्रिबाट मात्र आम्दानी गर्ने राजमार्ग छोउछाउका ब्यपारीहरु अहिले २-३ हजारमा नै चित्त बुझाउँछन ।

हुन त धादिङ राजमार्ग आसपासमा विक्रि गर्ने सामानहरुको मुल्य अत्यन्त महँगो भएको गुनासो ग्राहक र यात्रुहरुले नगरेका होइनन ।

तर पनि कतिपय यात्रुलाई त सवारी साधन पसलमा नै लगेर रोकेपछि नकिनी सुखै छैन । र अरु विकल्प नहुँदा महँगो मुल्य तिर्न यात्रुहरु बाध्य हुने गरेका थिए ।

तर अहिले आएर व्यापार घटेपछि लगानी गरेको मुल्य पनि उठाउन नसक्ने ब्यापारीहरुको गुनासो छ ।

ब्यापार कम हुन थालेपछि कतिपय साना ब्यपारीहरुले त पेशा नै छाडेका छन।

होटल संञ्चालकदेखि यस्ता साना सडक ब्यापारीहरु लामो समयसम्म ग्राहकको पर्खाइमा हुन्छन ।
जसका कारण सडक छेउ छाउमा राखेर ब्यपार गर्ने कृषि उपजहरुको मुल्यमा समेत गिरावट आउन थालेको छ ।

धादिङको राजमार्ग आसपासमा विक्रि गर्ने धेरैजसो कृषिजन्य उपजहरु स्थानीय किसानहरुले नै उत्पादन गरेका हुन्छन ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.