यो वर्ष देउसी–भैलो नखेलौँ : गृह मन्त्रालय - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 12 November 2020

यो वर्ष देउसी–भैलो नखेलौँ : गृह मन्त्रालय


काठमाडाैँ, २७ कात्तिक :
सरकारले यो वर्षको तिहारमा देउसी–भैलो नखेल्न आग्रह गरेको छ । देउसी–भैलो खेल्दा कोरोना संक्रमण फैलने जोखिम भएकाले यस्तो आग्रह गरिएको हो । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै घरभित्रै बसेर चाडपर्व मनाउन आग्रह गरेको छ । चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड लागू गर्न र भिडभाड नगर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभयाे । 

धेरै जिल्लाले देउसी–भैलो खेल्न प्रतिबन्ध लगाउने निर्णय नै गरिसकेका छन् । उपत्यकाका तीनवटै जिल्लामा पनि रोक लगाउने तयारी छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार यससम्बन्धी निर्णय गरिसकेको छ । गृह मन्त्रालयले देउसी–भैलो खेल्न बालबालिकालाई घरबाहिर जान नदिन अभिभावकहरूलाई आग्रह गरेको छ । 

मन्त्रालयले पटाका, भुइँचम्पा, आतसबाजीजस्ता वस्तुको प्रयोगलाई पूर्ण रूपमा बन्देज गरिएको जनाएको छ । तिहार तथा छठको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई अनुगमन गर्न निर्देशन दिइएको प्रवक्ता बुढाले बताउनुभयाे ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.