खड्काको निधन पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति : प्रधानमन्त्री ओली - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 18 November 2020

खड्काको निधन पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति : प्रधानमन्त्री ओली


काठमाडाैँ, ३ मङ्सिर :
प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी नेता बोमबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले मंगलबार विज्ञप्ति जारी गर्दै खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताउनुभयो । । उहाँले खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गर्नु भएको छ । 'गुल्मी जिल्लामा उहाँले नटेकेको कुनै बाटो छैन होला, उहाँले नभेटेको कुनै व्यक्ति छैन होला ।'

नेता खड्काले लुम्बिनी विशेषतः गुल्मी जिल्लाको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको छ । ' सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण उहाँका विशेषता हुन्' सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले नेता खड्काका योगदान चिरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने पनि उल्लेख गर्नुभएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.