भारतीय विदेशसचिव नेपाल आउँदै - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 10 November 2020

भारतीय विदेशसचिव नेपाल आउँदै


काठमाडौं, २५ कात्तिक :
भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथी पदवी थापेर फर्किएलगत्तै भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउने हुनुभएकाे छ। विदेशसचिव श्रृंगला आगामी नोभेम्बर २६ र २७ तारिकमा नेपाल भ्रमणमा आउने हुनुभएकाे हाे। स्थल सेनाध्यक्ष नरवणे नेपाल आउनु केही दिनअघि मात्रै भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल आउनुभएकाे थियाे । 

विदेश सचिव श्रृंगलाको भ्रमण भारतीय उच्च अधिकारीहरुले पछिल्लो महिना लगातार गरेको तेश्रो ठूलो भ्रमण हुनेछ । नेपाल र भारतबीच लामो समयदेखि रोकिएको परराष्ट्रसचिवस्तरीय वार्ताका लागि विदेशसचिव श्रृंगला नेपाल भ्रमणमा आउन लाग्नुभएको बताइएको छ । हिन्दुस्तान टाइम्सकाअनुसार गत महिनानै उनले राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्माओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी भरतराज पौडेल लगायतसँग भेटवार्तासहितको बैठक गर्ने योजना तय भैसकेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.