५८ बोतल तेजाबसहित व्यापारी पक्राउ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 16 November 2020

५८ बोतल तेजाबसहित व्यापारी पक्राउ


धनुषा, १ मङ्सिर:
जनकपुरधाममा तेजाब बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल तेजाबसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । 

शनिबार जनकपुरमा भएको तेजाब प्रहार घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८ बोतल तेजाबसहित स्थानीय व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको छ । शनिबार श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने जनकपुरधाम वडा नंं २० देवपुरा घर भएका २४ वर्षीय सञ्जीव साहलाई घटनालगत्तै प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा तेजाबका बिक्रेतालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पहिले पनि करेन्ट लगाउनाका साथै मट्टीतेल खन्याएर आगो लगाउनेसम्मको यातना पाएको जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ जानकीनगर माइती भएकी आरती साहले बताउनुभयो । चार वर्षअघि जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहसँग सामाजिक परम्पराअनुसार उहाँको विवाह भएको थियो ।

विवाह भएको केही समयपश्चात् नै सञ्जीव रक्सी खाएर घर आउने र आफूलाई कुटपिट गर्ने गरेको आरतीले बताउनुभयो । यसरी बारम्बार यातना दिँदा पनि घरमै सहेर बसेको तर सञ्जीवका पिताले समेत आफूमाथि गलत नजर राख्न थालेपछि घर छाड्न बाध्य भएको उहाँले बताउनुभयो ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.