म‌ंसिर २ गतेबाट टुँडिखेलमा खाना खुवाउन बन्द - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 15 November 2020

म‌ंसिर २ गतेबाट टुँडिखेलमा खाना खुवाउन बन्द


काठमाडौं, ३० कात्तिक :
आगामी मङ्सिर दुई गतेबाट टुँडिखेलमा खाना खुवाउने कार्य बन्द हुने भएको छ । स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले त्यस्तो सेवा सडक क्षेत्रबाट कुनै बन्द संरचना भित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्‍चालन गरिने जनाइएको छ ।

काठमाडौँ महानगरपालिका र भोजन सेवा सञ्‍चालन गर्ने संस्थाबीच भएको छलफलले आगामी दुई गतेबाट भने बन्द संरचनाभित्र व्यवस्थित रुपमा सेवा सञ्‍चालन हुने निर्णय गरेको हो । असहाय, अशक्त र शारीरिक रुपमा काम गर्न नसक्नेलाई मानवसेवा आश्रममा खान, बस्‍न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको र आवश्यक समन्वयका लागि नजिककका वडा कार्यालय वा सिधै आश्रममा सम्पर्क गर्न काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ ।

महानगरपालिकाले कोभिड-१९ का कारण रोजगारी गुमाएका श्रम गर्न सक्नेलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ बमोजिम रोजगारी समेत उपलब्ध गराउने भएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.