तस्बिरमा प्रधानमन्त्रीको भाइटीका - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 16 November 2020

तस्बिरमा प्रधानमन्त्रीको भाइटीका


काठमाडौं, १ मङ्सिर :
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा भाइटीका लगाउनुभएको छ ।

बहिनी कौशल्या कोइरालाको हातबाट प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले टीका लगाउनुभएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । कोइरालाले प्रधानमन्त्रीसँगै उहाँकी पत्नी राधिकालाई पनि टीका लगाइदिनुभयो ।

प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिनुभयो ।

कोरोना महामारीले अरु बहिनीहरु झापामै रहेकाले एकजना बहिनीले मात्रै भाइटीका लगाइदिनुभएको हो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.