धनगढीमा कोरोना सङ्क्रमणबाट ८४ वर्षीय पुरुषको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 9 November 2020

धनगढीमा कोरोना सङ्क्रमणबाट ८४ वर्षीय पुरुषको मृत्यु


धनगढी, २४ कात्तिक :
कैलालीको धनगढी उपमहानगरपालिका–२ का ८४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको उपचारको क्रममा ज्यान गएको छ ।सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत उहाँको सोमबार विहान ज्यान गएको हो । 

कात्तिक २१ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई भेन्टिलेटरमा राखिएर उपचार थालिएको थियो । तर, हर प्रयासका बावजुद उहाँको ज्यान जोगाउन नसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार मृतक व्यक्तिलाई कडा खालको निमोनियाको साथै किड्नी ‘इन्फेक्सन’ को समस्या रहेको थियो । यो संगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणका कारण ज्यान जानेको सङ्ख्या २७ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.