सङ्क्रमित र निको हुने करिब बराबर - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 9 November 2020

सङ्क्रमित र निको हुने करिब बराबर


काठमाडौँ, २४ कात्तिक :
पछिल्लो २४ घण्टाको कोरोना भाइरस (कोभिड–१९) को विवरणमा सङ्क्रमित हुने र निको हुनेको सङ्ख्या बराबरी जस्तै देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा सङ्क्रमित र निको हुनेको फरक पाँच जना मात्रै छ । 

निको हुनेभन्दा सङ्क्रमित पाँच जना बढी छन् ।आइतबार नेपालमा कोरोना भाइरसका दुई हजार ८१७ सङ्क्रमित थपिए भने दुई हजार ८१२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये २२ प्रतिशतभन्दा बढी व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

कुल सङ्क्रमितको सङ्ख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । हाल ३५ हजार ४१९ जनामा भाइरसको सक्रिय सङ्क्रमण छ । यसैगरी कुल एक लाख ५७ हजार ९२६ जना निको भएको जानकारी मन्त्रालयले दिएको छ । नेपालमा अहिले ८१.१ प्रतिशत निको हुने दर छ ।

देशका विभिन्न अस्पतालमा ३९८ सघन उपचार कक्ष (आईसीयू) र ८२ जना भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो चौबीस घण्टामा २१ कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार १०८ पुगेको छ । 

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ५३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना सङ्क्रमित थपिए ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.