अमेरिकामा संक्रमित हुने एक करोड नाघ्यो, चौबीस घण्टामा एक लाख ७७ हजार थपिए - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 14 November 2020

अमेरिकामा संक्रमित हुने एक करोड नाघ्यो, चौबीस घण्टामा एक लाख ७७ हजार थपिए


काठमाडौं, २९ कात्तिक :
संयुक्त राज्य अमेरिकामा पछिल्लो चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमितको पहिचान गरिएको छ । द् वाशिंगटन पोष्टका अनुसार पछिल्लो चौबीस घण्टामा एक लाख ७७ हजार जना नयाँ सङ्क्रमित पहिचान गरिएको हो ।

अमेरिकाका अधिकांश राज्यमा कोभिड–१९ का सङ्क्रमितको संख्यामा वृद्धि भएको छ । कम्तीमा दश राज्यमा अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमितको पुष्टि भएको वाशिंगटन पोष्टले उल्लेख गरेको छ । इलोनस, लोवा, कन्सस र ओहियो लगायतका राज्य सबैभन्दा बढी प्रभाबित भएको हो । यी राज्यस्थित अस्पतालको क्षमता खतराको चिन्हमाथि गएको छ ।

कोभिड–१९ सङ्क्रमण दर उच्च भइरहँदा राज्यहरुमा नयाँ मापदण्ड तथा सतर्कताका उपायहरु कठोरतापूर्बक लागू गरिएको छ । पश्चिम भर्जिनियामा पहिलो पटक मास्क अनिवार्य लगाउनुपर्ने सतर्कता अपनाइएको छ । न्युयाेर्क शहरका विद्यालयहरु बन्द गरिएका छन् । रेष्टुरेन्ट लगायत घरभित्र हुने आयोजनाहरुमा सहभागी संख्यामा कटौती गरिएको छ । अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँग कुल सङ्क्रमित एक करोड सात लाख २८ हजार ७४९ पुगेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.