नेपालमा नयाँ संक्रमित २७५३ जना थपिए - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 7 November 2020

नेपालमा नयाँ संक्रमित २७५३ जना थपिए


काठमाडौं, २२ कात्तिक :
नेपालमा कोरोना भाइरसबाट थप २७५३ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १०४२३ जनाको पीसीआर परीक्षण गर्दा १०७७ महिला र १६७६ पुरुष गरी २७५३ जना संक्रमित भएका हुन् ।

नेपालमा अहिलेसम्म १५ लाख २७ हजार ७ सय ६६ जनाको पीसीआर परीक्षण हुँदा १ लाख ९१ हजार ६ सय ३६ जनामा पोजिटिभ देखिएको छ ।

नेपालमा गत २४ घण्टामा २ हजार २ सय ६ जना डिस्चार्ज भएसँगै हालसम्म १ लाख ५५ हजार १ सय १४ जना निको भएका छन् । नेपालमा निको हुने दर ८१ प्रतिशत रहेको छ ।

कुल संक्रमितमध्ये ३५ हजार ४ सय ३५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जम्मा मृत्यु हुने १०८७ जना पुगेका छन् ।

काठमाडौं उपत्यकामा १५१२ जना संक्रमित भएका छन् । काठमाडौंमा १२९४ जना, भक्तपुरमा ७७ र ललितपुरमा १४१ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.