फ्रान्समा दैनिक संक्रमण उच्च - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 7 November 2020

फ्रान्समा दैनिक संक्रमण उच्च


पेरिस, २२ कात्तिक :
फ्रान्समा कोरोना भाइरसको महामारी शुरुभए यताकै सबैभन्दा धेरै दैनिक संक्रमण भएको छ ।

फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै ६० हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण शुरु भएयता युरोपमा सबैभन्दा प्रभावित मुलुक फ्रान्स रहेको छ । कोरोना संक्रमणका कारण हालसम्म फ्रान्समा ४० हजारको हाराहारीमा मानिसको मृत्यु भएको छ भने १७ लाख संक्रमित भइसकेका छन् ।

फ्रान्सले बढ्दो संक्रमण नियन्त्रण गर्न एक हप्ताका लागि लकडाउन थप गरेको छ । साथै रेस्टुरेन्ट, बार पब लगायतका अति आवश्यक बाहेका क्षेत्र डिसेम्बर १ सम्मका लागि बन्द गरिएको छ । विद्यालय र कार्यालय भने सावधानी अपनाएर संचालन गरिएको छ ।

विश्वभर कोरोना संक्रमणबाट हालसम्म ४ करोड ९६ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख ४८ हजार नजिक पुगेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.