थप १९४८ जनामा कोरोना संक्रमण, ३१४० जना डिस्चार्ज - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 25 November 2020

थप १९४८ जनामा कोरोना संक्रमण, ३१४० जना डिस्चार्ज


काठमाडौं, १० मङ्सिर :
कोरोना भाइरसबाट थप १९४८ जना संक्रमित भएका छन् ।

गत २४ घण्टामा ९२१० जनाको पीसीआर परीक्षण गर्दा महिला ७७४ र पुरुष ११७४ जना गरी १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३१४० जना डिस्चार्ज भएका छन् । नेपालमा किनो हुनेको दर ९२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३८९ जना रहेको छ ।

काठमाडौं उपत्यकामा गत २४ घण्टामा ८३५ जना संक्रमित भएका छन् । काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना संक्रमित भए ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.