रोमानियाको कोरोना अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 15 November 2020

रोमानियाको कोरोना अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु


रोमानिया, ३० कात्तिक :
कोरोना भाइरसका विरामी उपचार गर्ने रोमानियाको एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु हुनुका साथै अन्य कयौं व्यक्ति घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

रोमानियाको उत्तर पूर्वी सहर पियत्रा निम्टको एक सार्वजनिक अस्पतालको सघन उपचार कक्षबाट आगलागी सुरु भएको जनाइएको छ । आगलागी भएपछि विरामीलाई उद्दार गर्ने क्रममा अस्पतालका एक चिकित्सक जलेर गम्भीर घाइते छन् ।

रोमानियाका स्वास्थ्य मन्त्रीले स्थानीय सञ्चार माध्यमहरुलाई दिनुभएको जानकारी अनुसार आगलागीको कारण विद्युत सर्ट भएको हुन सक्ने उल्लेख छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.