२४ घण्टामा थपिए १६६९ संक्रमित - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 22 November 2020

२४ घण्टामा थपिए १६६९ संक्रमित


काठमाडौं, ७ मङ्सिर :
गत २४ घण्टामा १६६९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८०३२ जनाको गरिएको नमूना पीसीआर परीक्षणमा १६६९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुने १३२१ जना छन् ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा ५६९९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने ९०.३ प्रतिशत रहेको छ ।

अहिले कोरोना सक्रमितमध्ये आइसोलेसनमा १९९६३ र क्वारेन्टाइनमा ६८६ जना बसेका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.