एक हजार ९४६ थपिए, दुई हजार ५०३ सङ्क्रमणमुक्त - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 14 November 2020

एक हजार ९४६ थपिए, दुई हजार ५०३ सङ्क्रमणमुक्त


काठमाडौं, २९ कात्तिक :
नेपालमा कोरोनाभाइरसका एक हजार ९४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९४६ जना सङ्क्रमित थपिएको र दुई हजार ५०३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख आठ हजार २९९ पुगेको जनाएको छ । 

हाल ३६ हजार ४५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म एक लाख ७० हजार ६३२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालसम्म १६ लाख दुई हजार ६०३ जनाको आरटीपीसीआर परीक्षण गरेको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा करीब दश हजार जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २१५ पुगेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.