पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, २३ जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 26 November 2020

पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, २३ जनाको मृत्यु


काठमाडौं, ११ मङ्सिर :
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ९ हजार ४ सय ९१ जनाको पिसिआर परीक्षण गरिएकोमा १६१४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । 

नेपालमा हालसम्म १७ लाख जनाको पीसीआर परीक्षण गरिएकोमा २ लाख २७ हजार ६ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १४३७ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना भाइरसको संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ ।  

कोरोना भाइरसको संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४१२ पुगेको छ । 

हाल, नेपालमा १६ हजार ७९३ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ६८० जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.