एक हजार ७९० जना सङ्क्रमित, संक्रमणमुक्त हुने दर ९१.४२ प्रतिशत - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 24 November 2020

एक हजार ७९० जना सङ्क्रमित, संक्रमणमुक्त हुने दर ९१.४२ प्रतिशत


काठमाडौं, ९ मङ्सिर :
नेपालमा कोरोना भाइरसका एक हजार ७९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । यो सँगै सक्रिय सङ्क्रमित संख्या १७ हजार ८५९ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार ७९१ निको भएका छन् ।

निको हुनेको संख्या दुई लाख चार हजार ८५९ रहेको बताउनुभयो । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९१.४२ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३६१ पुगेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.