भाइटीकाका दिन थपिए ११९७ जना कोरोना संक्रमित - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 16 November 2020

भाइटीकाका दिन थपिए ११९७ जना कोरोना संक्रमित


काठमाडौं, १ मङ्सिर :
नेपालमा आज थप ११९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । तिहारको भाइटीकाका कारण गत २४ घण्टामा परीक्षण कम हुँदा संक्रमित संख्या पनि घटेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४८३२ जनाको पीसीआर परीक्षणमा ११९७ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा २९३४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने १ लाख ७६ हजार ३ सय ६४ जना छन् । नेपालमा निको हुने दर ८३ दशमलव ६ प्रतिशत रहेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३३३७९ रहेको छ ।

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १२३० रहेको छ । संक्रमितमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ५०१ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ३७३, भक्तपुरमा ४४ र ललितपुरमा ८४ जना संक्रमित थपिए ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.