चिसोसँगै रुघाखोकीका विरामी बढ्दै - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 7 November 2020

चिसोसँगै रुघाखोकीका विरामी बढ्दै


डोल्पा, २२ कात्तिक :
कात्तिक मै चिसो अत्याधिक बढेकाले होला डोल्पामा रुघाखोकीका विरामी बढेका छन् । डोल्पाका विभिन्न स्वास्थ्य संस्थाहरुमा रुघाखोकीका विरामी बढेको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।

माथिल्लो डोल्पा, मध्य र तल्लो डोल्पामा रहेका सबै स्थानीय तहहरुमा चिसो बढेको हो । दुई तीन अघि उच्च बस्तीहरुमा हिमपात भए पछि चिसो बढेको छ । जगदुल्ला गाउँपालिका, शे फोक्सुण्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका, काइके गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिका र मुड्केचुला गाँउपालिकामा चिसो बढेको हो ।

चिसो बढेकाले डोल्पाको सबैभन्दा तल्लो भेगमा पर्ने मुड्केचुलाको कालिकामा रहेको कालिका फेमिलि अस्पतालमा श्वासप्रश्वास तथा रुघाखोकी सम्बन्धी समस्या भएका विरामी उपचारका लागि आउने गरेको उक्त अस्पतालले जनाएको छ ।

चिसो बढेकाले चिसोबाट बच्न पानी उमालेर मनतातो पिउने, तातो खाने कुराहरु खाने, तातोतातो कपडा लगाउनु पर्ने र सफासुघर गरेर बस्नुका साथै सँधै सफा वातावरणमा बनाउनु पर्ने स्वास्थ्य सेवा कार्यालय डोल्पाका डा. सिजन रावलले बताउनुभयो । चिसोबाट हुने विरामीहरु बढेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

डोल्पाका विभिन्न उच्च बस्तीहरुमा पानी जमिसकेको छ भने अन्य बस्तीहरुमा पानी निकै चिसो बनेको छ । चिसोका कारण जिल्ला अस्पताल डोल्पामा दैनिक चिसोबाट हुने विरामीहरु खुट्टा दुख्ने, ढाड दुख्ने, खोकी लाग्ने, छाती दुख्ने लगायतका लक्षण भएका विरामीहरु दैनिक १० जनासम्म आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.