डा. खतिवडासहित तीन राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 12 November 2020

डा. खतिवडासहित तीन राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन


काठमाडौं, २७ कात्तिक :
संघीय संसदको सार्वजनिक सुनुवाइ समितिले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकले अमेरिकाका लागि प्रस्तावित पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित डा. निर्मलकुमार विश्वकर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो । प्रस्तावित राजदूतहरु उक्त पदका लागि योग्य देखिएकाले समितिले सर्वसम्मत अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

बैठकमा सांसदहरुले प्रस्तावित राजदूतहरुलाई उहाँहरुको कार्यदक्षता, कार्ययोजना र उहाँमाथि लागेको आरोपहरुका बारेमा जिज्ञासा राख्नुभभएको थियो । सांसदका प्रश्नहरुको जवाफमा उहाँहरुले आफू सम्बन्धित देशसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउने, त्यहाँ रहेका नेपालीको हितमा काम गर्ने, विदेशी लगानी भित्र्याउने लगाएतका प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रस्ताव अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.